०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सांसद चौधरीको पहलमा मिर्चैयाका अग्निपिडितले पाए राहत

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २७, २०८१

जनकपुरधाम।मिर्चैयाका अग्निपिडितलाई जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीको पहलमा राहत वितरण गरेकी छिन् ।

सिरहाको मिर्चैया नगरपालिका-८ मझौवा टोलमा बैशाख २४ गते भएको आगलागीबाट ६ जनाको घर जलेर नष्ट भएको थिए।उनिहरुको घरमा भएको सम्पुर्ण सामग्रीसहित जनधनको छती भएको सांसद चौधरीले न्यूजमधेशलाई सुनाए।

सांसद चौधरीको पहलमा Helping Heart Nepal परोपकारी संस्थाले अग्निपिडित ६ घर परिवारलाई खाद्यान्न सामग्री ,त्रीपाल,ओढ्ने कम्बललगाइतको सामग्री पीडितलाई सहयोग गरेपछी सहयोगी संस्थालाई उनले धन्यवाद दिए।

थप राहतको लागि मिर्चैया नगरपालिका-८ का वडाध्यक्ष बीरबहादुर यादवले सिफारिस गरेको छ।सांसद चौधरीले अग्निपिडितलाई सहयोग गर्ने सम्पुर्ण सहयोगी संस्था प्रती आभार व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]