०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेस प्रदेशमा पनि हाम्रै बहुमत हुन्छ : महासचिव राई

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो ।

राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरेका हुन् । उनले केन्द्र सरकारमा पनि ५० प्रतिशत भन्दा बढी आफ्नो पार्टीमा रहेको र मधेस प्रदेशमा पनि सो भन्दा बढी सांसद जसपामा हुने बताए । उनले मधेस प्रदेशमा जसपा, नेपालमा रहेका १९ जना सांसदहरू रहेको र २१ दिनभित्र कसको पक्षमा बहुमत पुग्छ भन्नेकुरा स्पष्ट हुने बताए ।

‘मधेस प्रदेशको सवाल राख्नुभएको छ । २१ दिने सूचना जारी भएको छ । कति जना हाम्रो विचारलाई, पार्टीलाई सकारात्मक रुपमा लिएर आउनुहुन्छ भन्नेकुरा छिटै थाहा पाउनुहुनेछ । मधेस प्रदेशमा हामी उहाँहरू भन्दा बढी नै हुन्छौं,’ महासचिव राईले भने, ‘मधेस प्रदेश सभामा १९ जना हुनुहुन्छ । यहाँ जसरी ५० प्रतिशत भन्दा बढी छ, त्यहाँ पनि यो भन्दा बढी नै हुन्छन् ।’

महासचिव राईले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी कमिटीहरूमा निर्णय भएको भन्दा फरक किसिमले व्यवहार गर्ने, अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले गर्दा नयाँ पार्टी गठन गर्नुपरेको बताए ।

उनले संघीय संरचना भएको मुलुकमा यस किसिमले पार्टी सञ्चालन गर्दा अन्ततोगत्वा पार्टी नै ध्वस्त हुने अवस्था र निश्चित क्षेत्रमा पार्टी पुग्ने अवस्था पार्टीको नेतृत्वबाट देखिएकाले पहिचानसहितको संघीयता, सत्तामुलक समृद्धि र अग्रगामी परिवर्तनका पक्षमा रहेका नेताहरूले चक्रव्युहबाट मुक्ति लिन आवश्यक भएकाले छुट्टै जनता समाजवादी पार्टी नामक राजनीतिक दल गठन गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]