०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाको कमला तटमा सुरु महायज्ञको हवन मण्डपमै आगलागी, सहभागीको भागाभाग

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २८, २०८१

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ ।

हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ ।

हवन मण्डपमा बाँस र खर प्रयोग गरिएको थियो । आगोले मण्डप जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय धर्मनाथ मण्डलले भण्डार कुनाबाट आपरुपी आगलगी सुरु भएको बताए ।

उनले महायज्ञ समितिले चरम लापरवाही गरिरहेको आरोप लगाए । उनले भने, ’जति पैसा चन्दा उठाएको छ । सबै खान खोजेको छ । महायज्ञमा कुनै व्यवस्था छैन ।’

महायज्ञमा सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छैन् । आगो लागेपनि नियन्त्रणका लागि प्रहरी नपुगेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]