०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेश प्रदेश सरकारबाट आज बाहिरिँदै माओवादी !

Logo
टोलपडोस प्रकाशित आइतबार, बैशाख ३०, २०८१

जनकपुरधाम । सत्तारुढ दल नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री छन् ।

सरकारबाट बाहिरिएलगत्तै सो पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने तयारी गरेको छ ।

पार्टीको संसदीय दलका नेता भरप्रसाद साहलाई मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको कार्यभार सुम्पे पनि उनले सम्हालेका छैनन् भने पार्टीका अर्का प्रदेशसभा सदस्य युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री छन् ।

स्रोतका अनुसार माओवादीका दुवै मन्त्री आजै मुख्यमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनेछन् । त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखलाई बुझाइनेछ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केन्द्रीय निर्देशन पर्खेर बसेको बताए ।

सत्तारुढ दल सरकारबाट बाहिरिएलगत्तै मुख्यमन्त्री यादवलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

स्रोतले माओवादीले आगामी बजेटलाई दृष्टिगत गरी आज नै समर्थन फिर्ता लिने तयारी गरेको बताए । आज समर्थन फिर्ता भएपछि आगामी ३० दिनभित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिए मात्र असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]