०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

उपेन्द्रलाई राजीनामा गर्न प्रधानमन्त्रीको सन्देश, जसपाको आकस्मिक बैठक बस्दै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ।

आज मधेस प्रदेश सरकारबाट माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएपछी उपेन्द्र यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै लागि गठबन्धनले यो निर्णय लिएको हो ।

यादवले आजै पार्टीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने भएकाले उनले बैठक बोलाएका हुन् । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने समेत बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]