२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मधेशमा जनमतको नेतृत्वमा पाँच दलको सरकार बन्ने सहमति

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ ।

सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन ।

जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा(एकीकृत समाजवादी) सम्मिलित हुने संघीय नेताहरूबीच सहमति भएको हो । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने तय छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सहमतिअनुसार माओवादीले अर्थसहितका मन्त्रालय पाउने पक्का भएको जानकारी दिए । उनले मन्त्रालय बाँडफाँडका विषयमा सरकारमा सहभागी हुने दलका बीच शनिबार छलफल हुने बताए ।

सहमति गरेका पाँच दलले शनिबार मन्त्रालय बाँडफाँडका विषय टुंगो लगाएर तथा प्रदेशसभा सदस्यका हस्ताक्षर संकलन गरी आइतबारसम्म सरकार बनाउनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन् ।

माओवादी संसदीय दलका नेता साहले पाँचदलीय सहमतिपछि मौजुदा प्रदेश सरकार अल्पमतमा परेको र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले आफूहरू बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]