२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

मधेशमा उखरमाउलो गर्मी : ५ दिन विद्यालय बन्द

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ १६, २०८१

जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्मी बढेपछि सबै सामुदायिक र संस्थागत विद्यालय ५ दिनको लागि बन्द गरिएको छ।

उखरमाउलो गर्मीले देशभरसँगै विशेषगरी तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ ।

केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । तापमान बढेसँगै तातो हावा (लू) पनि चलेको छ । बि १०/११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ । पंखामा पनि तातो हावाका कारण दैनिक जीवन कष्टकर बनेको छ ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान छ । घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् मानिसहरु । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सातु सर्वत बेच्ने, ठेलावालहरू पनि छहारी खोजिरहेको देखिन्छ ।

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि जनकपुरधाम उपमहानगरले भोलिदेखि ५ दिनका लागि विद्यालय बिदा दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गर्मी अत्यधिक बढेकाले ५ दिन आकस्मिक गर्मी बिदा दिएको जानकारी दिए ‌। उनका अनुसार ज्येष्ठ १७ गतेदेखि २१ गतेसम्मका लागि उपमहानगरका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछ ।

उपमहानगरको सूचनामा भनिएको छ, ‘गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै ५ दिन बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द हुने व्यहोरा अनुरोध छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]