राजबिराज। बिगत ४० दिनदेखि निरन्तर जारी कोसीपीडितहरूको रिले अनसन बिहीबारबाट स्थगित गरिएको पत्रकार सम्मेलनमार्फत जनाएको छ।
कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरिएको कोसी डुबान कटान पीडित संघर्ष समितिले जनाएको हो ।
अनसन तत्कालका लागि स्थगन गरिए पनि आन्दोलन भने जारी नै रहेको पीडितहरूको भनाइ छ। छठ पर्व सकिए लगतै आन्दोलनलाई अझ उग्ररुप दिइने चेतावनी उनीहरूले दिएका छन्।