०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

कमलामा विभिन्न पार्टीका एक दर्जन नेताकार्यकर्ता जनमतमा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार कमला नगरपालिका-४ सघारामा राखिएको भेटघाट कार्यक्रममा कांग्रेससहित विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका पुराना नेता किशोरी मण्डल ,परिक्षण मण्डल ,जोगि यादव,भगत लाल मण्डलसहित एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टी प्रवेश गरेको छ।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका सल्लाहकार दिनेश साहु,जगतलाल मण्डल र जनमत पार्टी मधेश प्रदेश सदस्य दिपेन्द्र कुमार तेथवारले संयुक्त रुपमा पार्टी प्रवेश गराएको छ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका नेता दिनेश साहुले मधेशको पहिचान झल्काउने गम्छा ओढाएर पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यतासमेत प्रदान गरेको छ।

जनमत पार्टीका नेता रामदयाल मुखिया,किशोरी भण्डारीको उपस्थितिमा उनिहरु पार्टी प्रवेश गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]