०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेसमा जनमतलाई समर्थन गर्न एकीकृत समाजवादी तयार

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ २२, २०८१

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए।

‘हामीले फागुन २३ गते नै गठबन्धनमा सामेल हुने निर्णय गरेका छौं। अर्को निर्णय गर्नुपर्ने जरूरत छैन। मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्छ,’ उनले भने।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान सरकारबाट बाहिरिँदै नेकपा (एमाले) सहितका दलसँग नयाँ सरकार बनाउने निर्णय भएको एक नेताले बताए।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन्।त्यसअगावै एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने तयारी गरेको छ।

‘पार्टीको सचिवालय बैठकले एमाले सहितको गठबन्धनको सरकारमा सहभागी हुन निर्णय गरिसकेको हो। आजै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्न लागेको छ,’ पार्टीका एक सांसदले भने।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका संसदीय दलका नेता गोविन्द न्यौपाने, श्रम तथा यातायात मन्त्री बेची लुंगेली, प्रमुख सचेतक कनिस पटेल लगायतका नेताहरू औपचारिक निर्णय गर्न अहिले काठमाडौंबाट जनकपुर आउन लागेका छन्।

सरोज यादव नेतृत्वको सरकारबाट बाहिरिने तयारीसँगै भोलि विश्वासको मत लिनुअगाडि नै मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना रहेको जसपा, नेपालका एक नेताले बताए।

‘सदनमा विश्वासको मत लिन लिन सक्नुभएन भने बेइज्जत हुन्छ। त्यो भन्दा राम्रो राजीनामा नै दिनु उत्तम होला भनेर उहाँले राजीनामा दिने विचारमा हुनुहुन्छ,’ ती नेताले भने।

मुख्यमन्त्री यादवले एकीकृत समाजवादीको निर्णय कुरेर बसेको बताए।

‘भोलि विश्वासको मत लिने वा नलिने एकीकृत समाजवादीको निर्णयमा निर्भर हुन्छ,’ उनले भने।

मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन्।

यद्यपि माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो।

एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ। १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ।

नेकपा (एमाले)का सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन।

यसका साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक सांसदले समेत जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]