०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

विश्वासको मत लिन प्रदेशसभा पुगे मुख्यमन्त्री यादव, पुनः बैठक बस्दै

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन प्रदेशसभा पुगेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न गरेको आग्रह सभामुखले अस्वीकार गरेर बैठक बोलाएपछि उनीसहितका मन्त्रीहरु उपस्थित भएन । त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गरेर सभामुख मण्डलले जसपा नेपाल संसदीय दलसंग छलफल गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भए ।

आजै दोस्रो पटक बसेको बैठकमा मुख्यमन्त्री यादव उपस्थित भएका हुन् । स्रोतका अनुसार जसपा नेपालले सभामुख मण्डललाई बैठक स्थगित गर्न दबाब दिन अझै छाडेका छैन् । यद्पी सभामुख मण्डलले केहि बेरमा पुनः बैठक सुरु गर्ने छन् ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली कांग्रेस र लोसपा विश्वासको मत दिनेछन् । तीन दलले विश्वासको मत दिए मात्र ४९ सांसद पुग्छ । विश्वासको मत पाउन अर्थात् सरकार टिकाउन ५४ सांसद आवश्यक पर्छ ।

सरकार टिकाउन अझै ५ जना सांसदको आवश्यक रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]