२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मधेश सरकारमा पहिलोपटक दलित समुदायबाट मन्त्री

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ २५, २०८१

जनकपुरधाम । प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् ।

शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरमै दलित समुदायका सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् ।

मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीकी सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंगलाई राज्यमन्त्री बनेकी छन् ।

जसपा नेतृत्वकै सरकारमा सहभागी रहेको जनमत पार्टीले दलित समुदायबाट खंगलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।

तर, जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले खंगलाई शपथग्रहण नगराएको जनमत पार्टीका सचिव बीपी साहले बताए । पहिलो प्रदेश सभामा ७ जना दलित समुदायका थिए ।

कसैले पनि मन्त्री हुने अवसर पाएनन् । जसपाकी सांसद चमेलीदेवी दासको नाम चर्चामा आएपनि मन्त्री बन्न सकिनन् । यसपटक अहिले प्रदेश सभामा ८ जना दलित सांसद छन् । जनमत पार्टीले राज्यमन्त्रीमा दलितलाई स्थान दिएर राम्रो गरेको जसपाकी पूर्व प्रदेश सांसद दासले बताइन् ।

‘मधेश प्रदेशमा झण्डै १८ प्रतिशत जनसंख्या भए पनि दलित समुदायका मन्त्री भएका थिएनन् ,’ सचिव साहले भने, ‘हाम्रो पार्टीले ऐतिहासिक निर्णय गरेको छ । दलितलाई सरकारमा सहभागी गराएर मधेश आन्दोलनको प्रमुख माग समावेशितालाई आत्मसाथ गरेका छौं ।’

राज्मन्त्री खंगले कुराकानी गर्दै आफ्नो समुदायबाट आफू पहिलोपटक मन्त्री बन्दा ठूलो जिम्मेवारी काँधमा आएको बताइन् ।

‘मेरो पार्टी जनमत पार्टीले सबै मधेशीहरुको पक्षमा काम गर्छ । कुनै एक जातको पक्षमा होइन सबैको सहभागिता र समावेशितालाई सम्मान गरेको छ,’ राज्यमन्त्री खंगले भनिन्,‘मैले आफ्नो क्षमताअनुसार काम गर्नेछु । अब लाग्छ, दलितहरुले पनि शासन गर्न सक्छ । हामीलाई अब कसैले दबाउन सक्दैन ।’

मधेश आन्दोलनको जगमा मधेश प्रदेश स्थापना भएको राजनीति दलहरुले दलितलाई बहिस्कार गरेको आक्रोश पोख्दै राज्यन्त्री खंगले भनिन्, ‘मेरो शपथग्रहण गराउन मैले बारम्बार यस अघिको जसपाका मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेको तर उहाँले गराउनु भएन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]