२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

लालबन्दीको चुरे क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम ।संयुक्त प्रहरी टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाक वडा नम्बर- १४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेको हो।

मान्छे नबस्ने गरेको घरमा भन्डारण गरेको अवस्थामा ठूलो परिणाममा गाँजा बरामद गरिएको जिज्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए।

दुई तले काठको घरमा ठूला ठूला १६ वटा ड्रम र बोरामा भण्डारण गरेर राखेको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए।

गाँजासँगै प्रहरीले १६ थान ड्रम, गाँजा च्याप्ने मेसिनसहितका सामान पनि बरामद गरेको छ।

सर्लाही लालबन्दीको चुरे क्षेत्रमा हरेक वर्ष प्रहरीले गाँजा फँडानी गर्दै आएको छ। यस वर्ष पनि त्यस क्षेत्रमा गाँजाको उत्पादन, प्रशोधन, भन्डारण र विक्रिबितरण भइरहेको भनेर प्राप्त भएको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गाँजा बरामद गरेको हो।

गाँजा बरामद गर्न नेपाल प्रहरीका एसपीको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी डीएसपीको कमाण्डमा ४५ जना प्रहरी लंगुर डाँडामा पुगेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]