२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मुख्यमन्त्री प्रकरणमा भ्रम सिर्जना गरियो : उपाध्यक्ष कुशवाहा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम ।जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले मधेश प्रदेशमा मुख्यमन्त्रीको चयन सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अधिकांश तर्क र समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

उनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले मुख्यमन्त्री सम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको दाबी गर्दै त्यसअघि आएका मुख्यमन्त्रीबारेका समाचार र प्रचारबाजी केवल आकलन, सम्भावना वा अनुमानमात्र रहेको प्रस्ट्याए ।

मधेश प्रदेशमा नयाँ गठबन्धन सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि जनमत पार्टीले बिहीबार पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँहलाई अघि सारेको थियो ।

पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने अपेक्षा गरिएका बेला जनमत पार्टीको सो निर्णय अप्रत्याशित, स्तब्धकारी र द्वेषपूर्ण भएको टिप्पणी सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले गरेका थिए । केही सञ्चारमाध्यमले भने आसन्न गठबन्धन सरकारको नेतृत्व जनमत पार्टीले लिने तय भइसकेपछि नै सिँहलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरिसकेको तर त्यसलाई गोप्य राखिएको लेखेका थिए ।

पार्टी संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नबनाइएकाले पार्टीभित्र उनका पक्षधरले विद्रोह गर्ने समेत अनुमान गरिएको थियो । यस्तो अनुमान गर्नेमा बहुसँख्यक जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता, शुभेच्छुक र समर्थक थिए ।
मुख्यमन्त्रीमा नाउँ प्रस्तावित नगरिँदा चित्त कुँडाएका यादवले भने संसदीय दलका नेताका रूपमा सरकार गठन प्रक्रियामा अन्य दलसँग सक्रिय साझेदारी गरेका थिए ।

पार्टी उपाध्यक्ष कुशवाहाले पार्टीभित्र संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकलगायत अन्य पदाधिकारी हुनु भनेको दलको प्रशासनिक कार्य, समन्वय र पार्टीको कार्य गर्ने भएको भन्दै ती पदमा आसिन हँुदैमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री आदि हुने नभएको बताए । उनले संसदीय दलका नेता नै मुख्यमन्त्री हुनुपर्ने कारण नभएको बताए ।

उनले अहिलेको मुख्यमन्त्री चयन प्रकिया बिलकुल फरक तरिकाले भएको बताउँदै यसलाई अन्य मापदण्डमा तुलना गर्न नहुने जिकिर गरे । उनले भने, ‘यस सन्दर्भमा अरू पार्टीसँग तुलना गर्नु नै भ्रम सिर्जना गर्नु हो ।’

जनमत पार्टी परिणामउन्मुख पार्टी भएको दाबी गर्दै उपाध्यक्ष कुशवाहाले अरूलाई ७ वर्षसम्म हेरिसकेको अवस्थामा जनमत पार्टीलाई कम से कम ७ महिनासम्म हेर्न आग्रह गरे ।

उनले पार्टीले निर्णय गर्दा पार्टीभित्रका वरीयता र पार्टीका आधार हेर्ने गरेको उल्लेख गरे । जनमत पार्टीको मधेश प्रदेशमा १३ प्रदेशसभा सदस्य छन् ।

उपाध्यक्ष कुशवाहाका अनुसार मधेश प्रदेशमा पार्टीका प्रदेशसभा सदस्यमध्ये वरीयताक्रममा वसन्त कुशवाहा (राष्ट्रिय उपाध्यक्ष), चन्दन सिंह (राष्ट्रिय महासचिव), संजय यादव, शम्भु साह (केन्द्रीय सदस्य), महेश यादव (दलका नेता, प्रदेश समिति सदस्य) र बाँकी प्रदेश समिति सदस्यहरू छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]