०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मधेश सरकार आज ल्याउँदै आगामी आर्थिक वर्षको बजेट

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम ‌। मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मधेश सरकारले बजेट ल्याउन लागेको हो । बजेका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने छन् । उनले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

बजेटमा गरिबी निवारण, रोजगरी सृजना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताएका छन् ।

उनका अनुसार आगामी बजेटमा टुक्रे योजना समावेश गरिने छैन् । ५० लाखभन्दा बढीको योजना मात्र समावेश गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]