०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

मधेश प्रदेश सरकारले बिगत भन्दा फरक बजेट ल्याउने : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज शनिबार अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न लागेको छ ।

मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले प्रदेश सभाको बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेश सरकारले आज बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्री साहले जानकारी दिनुभएको छ ।

बजेटको आकार चालु आर्थिक वर्षको बजेट भन्दा कम हुने बुझिएको छ। चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले प्रदेशबासीलाई बिगत भन्दा फरक अनुभूति हुने खालको बजेट ल्याउन लागेको मुख्यमन्त्री सतिश कुमार सिंहले बताउनुभएको छ। अगामी आर्थिक वर्षका लागि सदनमा प्रस्तुत २७ पृष्ठका दुई सय २७ बुँदे नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुने बजेट मधेश प्रदेश सरकारले ल्याउन लागेको उहाँले बताउनुभयो।

बजेटमा बजेटमा गरिबी निवारण, रोजगरी सृजना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकास लगायतका सबै क्षेत्रलाई प्राथिमकतामा राखिएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।

टुक्रे योजनालाई अबको बजेटमा समावेश नगरिएको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]