२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

सतलोक आश्रममा कबीर प्रकट दिवसको तयारी तिब्र, यस्तो छ तीन दिवसीय कार्यक्रम

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ ०३, २०८१

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीमा रहेको सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यामा परमेश्वर कबीर साहेबको ६२७ औं प्रकट दिवसको भव्य तयारी भईरहेको छ ।

परमेश्वर कबीर साहेबको ६२७ बर्ष पहिले जेष्ठ पुर्णिमाका दिन कासी बनारस सहरको लहरतारा नामक तालमा कमलको फुलमा प्राकाट्य भएको मानिन्छ। सोही अवसरमा प्रत्येक वर्षझै यस वर्ष पनि आश्रममा प्रकट दिवस मनाउन लागिएको हो ।

यही असार ६, ७ र ८ गते हुने तीन दिवसीय प्रकट दिवसको तयारी तिब्र भईरहेको आश्रमले जनाएको छ ।

दिवसको अवसरमा हुने तीन दिवसीय महासमागको आयोजना समेत गरिदै छ । तीन दिवसीय प्रकट दिवसमा दाईजो मुक्त सामुहिक विवाह, रक्तदान शिविर, अखण्ड पाठ, विशाल भंडारा, निःशुल्क मन्त्रदीक्षा र विशाल सत्यसंग समारोहको आयोजना भईरहेको जनाइएको छ ।

आश्रमले धार्मिक भण्डारामा इच्छुक सबैलाई सपरिवारसहित सहभागि हुन आमन्त्रण समेत गरेको छ ।उक्त कार्यक्रममा देश विदेशबाट लाखौंको संख्यामा श्रद्धालुभक्तजनहरु आउने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]