०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

बलान बिहुलको नीति ः पूर्वाधार विकास, शिक्षा र कृषि मिटरको विद्युत निःशुल्क

Logo
लोकेन्द्र प्रसाद यादव प्रकाशित सोमबार, आषाढ १०, २०८१

राजविराज । मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री मो. सकिल मियाँले नगर विकासका लागि सबै दल र व्यक्तिको सहयोग आवश्यक रहेको बताएका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिकाको १० औँ गाउँ अधिवेशनमा शुभकामना मन्तब्य दिदैँ मन्त्री समेत मियाँले विकासको काममा सबै एक जुट हुनुपर्ने बताएका हुन् ।

बलान बिहुल गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।
पूर्वाधारलाई जोड दिँदै निर्माणका आयोजनाहरू सञ्चालन गर्दा लागत-लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामूलक विकासको आधारको रूपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरू पहिचान गरेर ‘आयोजना बैंक’ तयार गर्ने र संस्थागत सार्वजनिक तथा व्यपारिक भवनहरुमा पार्किङ्ग स्थलको व्यवस्था मिलाउने नीति लिएको छ।

गाउँपालिका उपाध्यक्ष रेणु यादवले १० औँ गाउँ सभामा आर्थिक वर्ष ०८१/८२ का लागि ५३ करोड ७० लाखको अनुमानीत बजेट पेस गरेको छ । संघबाट विशेश अनुदान १० करोड, शर्शत अनुदान २ करोड १२ लाख, सम्पूरकतर्फ १ करोड ८५ लाख, राजश्व बाडफाड ७ करोड ४५ लाख, मधेश प्रदेश सरकारबाट समानीकरण ६३ लाख ३३ हजार, विशेष ३० लाख, शर्शत ८० लाख र आन्तरिक राजश्वबाट ६२ लाख पाप्त हुने अगामी आर्थिक वर्षको लागि लक्ष्य राखेको छ ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ प्रशासकीय भवन निर्माण, १५ शैया अस्पताल निर्माणलाई पूणर्ता, गाउँपालिकामा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिने छ । त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन । भने एक वडा एक पार्क निर्माण नीतिलाई निरन्तरता दिईने साथै विकासीयकार्यको लागि नीजि क्षेत्रसंग साझेदारी गर्ने नीति गाउँपालिकाले लिइएको छ ।

त्यस्तै, आर्थिक विकासतर्फ आर्थिक विकासका सम्भावनालाई पहिचान र व्यावसायिक परिचालनका लागि गाउापालिकाले आर्थिक विकास सम्बाद मञ्च गठन गर्ने कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ।

सामाजिक विकासतर्फ आवशयकतामा र वास्तिविक जीवनसंग जोड्न र काम सिकाउने जीवनउपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालय नमुनाको रुपमा शुरुआत गर्ने र क्रमशः सबै विद्यालयमा हुरुवात गर्ने, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय शिक्षपुरा गर्न प्रोत्साहन गर्नका लागि विशेश प्याकेज सञ्चालन गर्ने नीति लिइएकनो छ । सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालयलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाको छ।

गाउँ सभामा गाउँपालिका प्रमुख खेमचन्द्र यादवले गाउँपालिकाले विगतका वर्षमा आन्तरिक राजश्व ७ लाख मात्र उठाएकोमा यो आर्थिक वर्षमा ७० लाख आन्तरिक राजश्व उठाएको मुख्य उपलब्धिहरू पनि पेस गरेका थिए। गाउँपालिकाले विभिन्न बस्तीमा गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेको जनाएको छ। ‘ सप्तरी जिल्लामा बलान विहुल प्रावधिक शिक्षाको हव बन्नेतफ अगाडी बढी रहेको समेत बताउनु भयो ।”

त्यस्तै, सिँचाइतर्फ गाउँपालिकाले कृषि विद्युतीकरण, कृषि सडक, कृषि बजार, शित भण्डार निर्माण, किसानको कृषि मिटरको विद्युत निःशुल्क गर्ने, रैथाने विरुवाको विउ संरक्षण, खेती विस्तार र बजारीकरण गर्ने र कृषि सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरिएको छ ।

गाउँसभाबाट हालसम्म निर्माण भएका ऐन कानूनहरुलाई संग्रहित गरि स्थानीय कानून संग्रह प्रकाशन गरिने छ । भने गाउँपालिकाबाट प्रवाह हुने सम्पूणर् सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गर्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुसहरू साहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]