२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

दलित परिवारमाथि भएको घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ ः नेता यादव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १२, २०८१

राजविराज । सप्तरीमा भएको दलित परिवारमाथि सांघातिक आक्रमण घटनाको सत्यतथ्य छानबिन गर्न जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले माग गरेको छ।

डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर बस्ने पृतम पासवान परिवारमाथी आक्रमण भएको घटना प्रती नेता यादवको ध्यानाकर्षण भएको छ।

नेता यादवले घटना प्रती दुःख व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गरेको छ।

नेता यादबले भने,‘ घटना बारे आफ्नुलाई कुनै जानकारी छैन् । तर, यो घटनाका दोषीलाई बचाउन मेरो भुमिका रहेको समाचारमा कुनै सत्यता नभएको नेता यादवले दाबी गरेका छन् ।

नेता यादवले भने, ’केही राजनीतिक दलका नेताहरुले मलाई र हाम्रो पार्टीको नाम जोडेर मिडियामा लगाइएको आरोप सरासर गलत हो ।’

नेता यादवले, ’घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गरेको छ।’ उनले पीडित परिवारले न्याय पाउनुपर्छ ।

नेता यादवले घटनाको बारेमा आफुलाई कुनै जानकारी नभएको र विपक्षीहरुले पीडितलाई उक्साएर आफ्नो नाम जोडिएको बताए।

उनले भने, ’केही राजनीति दलका व्यक्तिहरुले पीडित परिवारलाई न्याय दिलाउनुको सट्टामा उहाँहरुलाई काठमाडौंको मिडियाहरुमा आफ्नो नाम जोडेर आफुलाई बदनाम गर्ने हिसाबले मिडिया बाजीमा लागेको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]