०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

आर्थिक विधेयक २०८१ बहुमतले पारित

Logo
न्यूजमधेश प्रकाशित आइतबार, आषाढ १६, २०८१

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]