२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

‘सपेताले खडेरी ल्याउँछः यो भ्रममात्र हो’

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

जनकपुरधाम । काष्ठजन्य रुख हो मसला । यसलाई सपेता पनि भनिन्छ । लाम्चो पात र सेतो बोक्रा भएको यो रुख रोपिएको ठाउँमा जमिनमुनिको पानी सतह सुक्छ र खडेरी ल्याउँछ भन्ने आम बुझाइ रहेको छ ।

खडेरी अन्त्यका लागि मसलाको रुख उन्मुलन गर्नुपर्ने कुराको वारेमा खासगरी सामाजिक सञ्जालमा एकदमै वकालत भइरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा आम मानिसले बोल्ने र लेख्ने मात्रै होइन, पत्रकारहरुले पनि रोपिएको रुख कटान गर्नुपर्नेमा सरकारले नै मसलाको विरुवा किन रोप्न लागेको भनि प्रश्न सोध्छन् ।

यसवारे वैज्ञानिक अध्ययनले भने ठ्याक्कै उल्टो कुरा भन्दो रहेछ । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साह भन्छन्, ‘अन्य विरुवाको तुलनामा मसलाले बढी पानी उत्सर्जन गर्छ ।’ जहाँसम्म जमिनमुनिको पानी सतह घटाउने सवाल छ, मसलाको रुखको जराले जमिनमुनिको पानी छुनै नसक्ने मन्त्री साहको दावी हो ।

सोही मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले मानव निर्मित समस्याको दोष थुपार्न कुनै वृक्षलाई लक्षित गरिएकोमा दुःख व्यक्त गर्छन् । ‘हलो अड्काउने गोरु चुट्ने भनेजस्तै भयो मसलाको रुख’ सचिव घिमिरेले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘हामीले चुरे विनास गर्यौं, आज चुरे मुनिको क्षेत्रमा पानीको मुहान सुक्न थाल्यो । सपेताको रुखले खडेरी ल्यायो भन्नु पुरै गलत हो ।’

सचिव घिमिरेले यसवारे वैज्ञानिक अध्ययन भइसकेको उल्लेख गर्दै अगामी साउन महिनामा राष्ट्रिय स्तरमा सरोकारवाला पक्षहरुको भेला गरी मसला रुखको प्रकृति र पानीको मुहान र संरक्षण लगायत विषयमा प्रष्ट पार्ने योजनामा रहेको जानकारी दिए ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शुक्रबार मधेश प्रदेशका आठवटै जिल्लामा हुन लागेको कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो । मन्त्रालयले असार महिनामा ‘एक व्यक्ति एक विरुवा’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा ६५ लाख विरुवा रोप्न लागेको मन्त्री साहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]