०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

रौतहटको चन्द्रपुरमा जसपाका नगर अध्यक्षसहित दर्जनौं नेता जनमतमा प्रवेश

Logo
मनोजकुमार मोरबैता प्रकाशित बिहिबार, आषाढ २०, २०८१

जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष चन्द्रकिशोर बैठासहित तीन दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार चन्द्रपुरमा आयोजित दोस्रो नगर अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा जसपासहित विभिन्न पार्टीका तीन दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा जसपाका जिल्ला सदस्य राम नाथ साह,टेक नारायण धामी ,नगर अध्यक्ष चन्द्र किशोर बैठा,उपाध्यक्ष अमर बहादुर बिकलगाइत ४० जना जसपा परित्याग गर्दै जनमत प्रवेश गरेको छ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका युवा अध्यक्ष संजय यादव र युवा नेता कल्याण राउतले माला र टीका लगाएर पार्टी प्रवेश गराइएको छ।

साथै ,जनमत पार्टी चन्द्रपुर नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट अभिषेक खड्काको नेतृत्वमा २७ सदस्यीय निर्वाचित नगर कार्यसमिति गठन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]