०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

विद्यालय तहबाट नै खेलकुदको विकास गर्न जरुरी छः मुख्यमन्त्री सिंह

Logo
न्यूजमधेश प्रकाशित सोमबार, आषाढ २४, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएका छन् । उनले त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको बताए ।

ओलम्पिक दिवस २०२४ का अवसरमा मधेस प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै आइतबार जनकपुरधामा उनलेले यस्तो भने।

मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगन्जमा स्तरीय रङ्गशाला निर्माण गर्न सरकारले योजना अगाडि बढाउने उल्लेख गरे ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि उपमहानगरले विभिन्न वडामा खेलकुद मैदान निर्माणमा जोड दिनुका साथै विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा मधेस प्रदेशले विभिन्न विद्यालयमा खेलकुदको आयोजना गरेर निकै सराहनीय काम गरेको उनले बताए ।

कमिसनका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एवं सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साह सहितका वक्ताहरूको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]