०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

सडकदेखि शेषनारायणको सिचाई मन्त्रीसम्मको यात्रा

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ०२, २०८१

जनकपुरधाम । धनुषामा २०६३/०६४ को मधेश आन्दोलनलाई फ्रन्टलाइनमा रहेर हाँक्ने आन्दोलनकारी हुन्–शेषनारायण यादव ।

लक्ष्मीनियाँ गाउँपालिका–३ बनिगामा(साबिकको सपही गाविस) का सुबरन यादव र दौलतिया देवीको माहिलो पुत्र यादवको जन्म २०३२ साल पुस १३ मा भएको थियो ।

किसान परिवारमा जन्मेका यादवले बिलट साह मावि सिनुरजोडाबाट कक्षा ८ सम्मको पढाइ गरेका थिए ।यादवले मावि र उच्च शिक्षा जनकपुरधाममा हासिल गरेका थिए ।राराब क्याम्पसबाट राजनीतिक शास्त्र विषयमा स्नातकोतरसम्म अध्ययन गरेका हुन् ।

दाजु सत्यनारायण यादव र भाई ललितनारायण यादवसहित संयुक्त परिवार छन् । श्रीमती प्रेमा ढकाल स्वास्थ्य सेवामा कार्यरत छिन भने छोराहरू शेखर यादव र सुभाष यादव उच्च शिक्षाको पढाई गर्दैछन् ।

शेषनारायण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि पटक पटक भएको जनआन्दोलनमा नेतृत्वदायी भूमिका गरेका नेतामा पर्छन् ।

२०७९ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसबाट धनुषा ४(क) बाट निर्वाचित नेता यादव जनमत नेतृत्वको सरकारमा उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी पार्टी सहितको गठबन्धन सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा यादवले उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।

राजनीतिक यात्रा
२०७९ का आमनिवार्चनमा कांग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क) प्रदेशसभा सदस्य पदमा निर्वाचित शेषनारायण यादवले नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए ।

नेता यादव २०६३ सालदेखि नै मधेशी सहितका उत्पीडित समुदायको पहिचान र अधिकार प्राप्तिको संघर्षमा सक्रिय भूमिका निर्वाह गरेका हुन ।

अधिकार एवं पहिचानको संघर्षको क्रममा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको जिल्ला सदस्यबाट पार्टी प्रवेश गरेका नेता यादव संघीय समाजवादी पार्टी हुँदै जसपासम्म जिल्ला अध्यक्षदेखि तराई मधेश प्रदेश समितिका सचिवको जिम्मेवारी सम् हालेका थिए ।

२०६३ सालमा साधारण सदस्यबाट मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका नेता यादव सोही वर्ष क्षेत्रीय अध्यक्ष हुँदै २०६४ सालमा जिल्ला सदस्यको जिम्मेवारी पाए ।
पार्टीको निर्देशन अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव विरुद्ध पहिलो पटक धनुषा क्षेत्र नम्बर ५ बाट संविधान सभाको चुनावमा उम्मेदवारी दिएका थिए ।

त्यसपछि उनी फड्को मार्दै २०६५ सालमा फोरम नेपालको सहसचिव र २०६६ सालमा जिल्ला उपाध्यक्ष हुँदै २०६७ सालमा पहिलो पटक जिल्ला अध्यक्षको जिम्मेवारी पाए । दुई कार्यकाल जिल्ला अध्यक्षका जिम्मेवारी सम्हालेका यादव दोश्रो र तेश्रो मधेश आन्दोलनमा मधेशी मोर्चाको पटक पटक नेतृत्व लिएर आन्दोलनलाई उत्कर्षमा पुरयाउने सफल राजनीतिज्ञ हुन् ।

पार्टीमा स्थापना कालदेखि नै सक्रिय भूमिका निर्वाह गरेका पार्टी संगठनलाई सुदृढिकरण र विस्तारमा समेत आफ्नो अहम भूमिका गर्दै प्रदेश सचिवको सफल कार्यकालपछि उनी पार्टीका प्रदेश उपाध्यक्षको जिम्मेवारीमा थिए ।

पछिल्लो संविधान सभा, संघ, प्रदेश र दुई/दुई पटक स्थानीय तहको निर्वाचनमा पाएको जिम्मेवारी अनुसार तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा जसपालाई चुनावमा सफल बनाउन यादवले सक्रिय भूमिका निर्वाह गरेका हुन ।

यादव राजनीतिमा मात्र होइन सामाजिक तथा विकास कार्यमा पनि उतिकै योगदान पुर्याउन सफल व्यक्तित्व हुन । उनी विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा धनुषा क्षेत्र नम्बर ४ का एक दर्जनभन्दा बढी गाउँमा खानेपानी, सिचाई, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनीय योगदान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]