०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

राजविराजमा सिसी क्यामरा जडान

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ०४, २०८१

राजविराज । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उदेश्यले सिसी क्यामरा जडान गरिएका हुन् । राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यङ्की रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन् ।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो । जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उहाँले बताउनुभयो । बजारलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको उहााको भनाइ छ ।

राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामराका माध्यमबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रण गर्न मद्दत पुग्ने प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]