०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

लागुपदार्थ दुर्व्यसन र कारोबारमा फस्दै युवा

Logo
न्यूजमधेश प्रकाशित आइतबार, साउन १२, २०८१

महोत्तरी, १३ साउन । जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । कूलमध्ये दुईजना महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष सोही प्रकृतिका ५३ मुद्दा अदालतमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारका अनुसार गत आवमा खैरो हेरोइन १८ ग्राम सात सय ९६ मिलीग्राम बरामद गरी अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

भारतबाट नेपालतर्फ ल्याइएका विभिन्न नामका एम्पुल, टेबलेट, झोल र १५ हजार दुई सय ६४ क्याप्सुल बरामद भएको छ । यसमा सबैभन्दा बढी नाइट्राभेट ट्याब्लेट आठ हजार पाँच सय ९१, डाइजेपाम दुई हजार ४१, प्रोमेथाजाइन एक हजार १६ ट्याब्लेट र बुप्रेनोफिन एम्पुल (सुई) एक हजार दुईवटा बरामद भएको प्रहरीको अभिलेखमा उल्लेख छ । यी लागुऔषधसहित पक्राउ पर्नेमा ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।

भारतबाट नेपालतर्फ ल्याएर कारोबार गरिने यी लागुपदार्थमा ट्यालगेसिस, डाइक्लोफेन सोडियम, फेनारगन, एक्सिप्लोन, नाइट्राजेपाम, बुलुस्पास, स्पास्मोप्रोक्सिभिन, नुफिन ट्याब्लेट, क्याप्सुल, एम्पुल (सुई) र झोल प्रहरीले बरामद गरी कारोबारमा संलग्नलाई कारबाही गरेको छ ।

नेपालबाट भारततर्फ लगिने गाँजा गत आवमा १२ क्विन्टल ९६ किलो बरामद गरिएको प्रहरी नायब उपरीक्षक जयसबारले जानकारी दिनुभयो । “भारततर्फ लगिने गाँजाको कारोबारमा संलग्नको उमेर समूह छ्यासमिस छन् तर भारतबाट नेपालतर्फ ल्याइने लागुऔषध कारोबार र दुव्र्यसनमा अधिकांश युवा छन्,” प्रनाउ जयसबारले भन्नुभयो ।

प्रहरीले लागुपदार्थ दुव्र्यसन र कारोबारविरुद्ध निरन्तर सचेतना अभियान सञ्चालन गरेको जनाएको छ । देखासिकीबाट लागुपदार्थ दुव्र्यसनको लत बस्दै गएर पछि तिनै कारोबारमा संलग्न हुने प्रहरीको भनाइ छ । लागुऔषधविरुद्धको अभियानमा विद्यालयका शिक्षक, सामाजिक सङ्घसंस्था र अभिभावकको भूमिका बढ्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]