०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन उम्मेदवार शशिकान्तको आग्रह

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन १४, २०८१

जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी जनमत संघबाट उम्मेदवारी दिएका सभापतिका उम्मेदवार शशिकान्त मण्डलले कलेजको बेतिथि हटाउन आफुले उम्मेदवारी दिएको बताएको छ ।

यही साउन १७ गते विहिबार हुन गईरहेको राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा विश्वविद्यालय मातहतका कलेजको बेतिथि सुधारको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

उम्मेदवारहरुको भिजनको सन्दर्भमा संचारकर्मीहरुसंग गरेको संक्षिप्त कुराकानीमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघबाट उनले राजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएका हुन् ।

कानुन विषयका विद्यार्थी समेत रहेका मण्डलले सो विश्वविद्यालय अन्तर्गतका कलेजमा देखिएको विभिन्न सेक्टरको बेतिथिलाई सुधारको लागि कुशल नेतृत्वको आवश्यकता औल्याउँदै आफूलाई जिम्मेवारी दिए बेतिथि चाँडै हटाउने प्रतिवद्धता जाहेर गरे ।

उनले मधेश प्रदेशमा जनमतको सरकार रहेको र पहिलेभन्दा अहिलेको सरकारको नीति, कार्यक्रम, योजनाहरु अन्यभन्दा फरक र जनमुखी रहेको बताउँदै कलेजको स्वीयू निर्वाचनमा पनि आफूहरुको नेतृत्व आए सोही अनुसार कार्य सँचालन हुने बताए । उनले आफ्नो प्यानलको लागि भोँट माग्दै कलेजको विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]