०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन २१, २०८१

जनकपुरधाम,२२ साउन । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

कर्मचारीहरुले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशालामा उनले कर्मचारीहरुले कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने, ‘मधेशको आउटपुट काठमाडौंले हेरिरहेको छ । सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’

सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेको भन्दै मुख्यमन्त्री सिंहले यसतर्फ दत्तचित भई अघि बढ्न सचिवहरुलाई समेत निर्देशन दिए ।

‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन । कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ’, उनले भने, ‘मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढनुपर्छ । आफ्नो दायित्व पूरा गर्नुस् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]