०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

प्रविधिमैत्री सरकारको अवधारणमा अघि बढ्दै मुख्यमन्त्री सिंह

दुरसंचारका निर्देशकसँग गरे छलफल
Logo
न्यूजमधेश प्रकाशित मंगलबार, साउन २८, २०८१

जनकपुरधाम ,२९ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल दुरसंचार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दुरसंचार प्राधिकरणका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उनले नेपाल दरसंचार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरुसँग सो विषयमा मंगलबार छलफल गरेको हो ।

मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह गरेको छ । उनले प्राधिकरणका प्रनितिधिहरुलाई छलफलको क्रममा नेपालको एकमात्र सरकारी दुरसंचार कम्पनी नेपाल दुरसंचार प्राधिकरणको सेवा राम्रो र स्तरीय बनाउन पनि सुझाव दिए ।

मुख्यमन्त्री सिंहले खासगरी मधेश प्रदेश महोत्तरी जिल्लादेखि पर्सासम्मको महेन्द्र राजमार्गमा पर्ने जंगल क्षेत्रमा नेटवर्कको निकै समस्या रहेको हुँदा सो समस्यालाई समाधान गर्न सुझाए । मुख्यमन्त्री सिंहले उनीहरुलाई भने, जंगलको सो क्षेत्रमा नेटवर्क नहुँदा दैनिक जसो सयौं आम सर्वसाधारणलाई समस्या हुने गरेको छ । त्यसैले सो समस्या सक्दो चाँडो अन्त्य गर्न उनले आग्रह गरे । त्यस क्षेत्रमा दुर्घटना हुँदा, गाडी बिग्रिदा वा यात्राको क्रममा कुनै आकस्मिक समस्या पर्दा सर्वसाधारणहरुलाई नेटवर्क नहुँदा ठुलो समस्या हुने गरेको छ ।

मुख्यमन्त्री सिंहले प्रदेशको सबै जिल्ला, नगरपालिका र गाउँपालिकाहरुमा ईन्टरनेटको सेवा सुविधाहरु तुस्तदुरुस्त बनाउन पनि प्राधिकरणका प्रतिनिधिहरुलाई आग्रह गरे । सूचना प्रविधिमै स्नाकोत्तर गरेका मुख्यमन्त्री सिंहले अहिले जनताको सेवा सुविधाहरुलाई प्रविधिमैत्री बनाउन सक्रिय भएका छन् ।

प्रविधिमैत्री सरकारको धारणा बनाएका उनले प्रदेशको सार्वजनिक सेवा प्रभावकारी, उत्तरदायी, पारदर्शी र तथ्यपरक बनाउन लागि परेका छन् । प्रदेशवासीको घर घरमा ईन्टरनेट र सहज नेटवर्कको सुविधा पुगे मात्रै सरकारको प्रविधिमैत्री योजनाहरु सफल हुने हुँदा उनी अहिले चौतर्फी रुपमा सम्बन्धित निकायहरुसँग सेवा विस्तारको लागि समन्वय गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]