०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

सरकारी स्वामित्वका प्रयोगविहीन भवनको अनुगमन गर्‍यो मधेश सरकार

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, साउन ३०, २०८१

जनकपुरधाम,३१ साउन।मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

बिहीबार मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूले मिथिला नगरपालिकाको नकटाझिज रहेको कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको अनुगमन गरेको हो ।

संघीय सरकारको मातहतमा रहेका नकटाझिजस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले बताए ।

उनका अनुसार प्रदेश सरकारमा चारवटा मन्त्रालयहरू ‘रेड जोन’ मा छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीको चाँप अनुसार पर्याप्त ठाउँ नभएकोले यी दुई ठाउँको विकल्पका लागि प्रयोगविहीन सरकारी संरचनाको अवलोकन गरिएको उनले बताए ।

त्यसैगरी,जनकपुरधामको मुजेलियास्थित रहेको प्रदेश जनस्वास्थ्य कार्यलय,प्रदेश रक्त संचार सेवा र रामानन्द चौकस्थित बागवानीमा प्रदेश सरकारको लगानीमा निर्माणधिन अवस्थामा रहेका भवनको अनुगमन गरेका छ।

उनले भने, ‘आज सबै मन्त्रीज्यूहरू सल्लाह गरेर अनुगमनमा निस्केका हौँ,अनुगमन पनि गरियो । अब यी कार्यालयहरू संघीय सरकार मातहत छन् । समन्वय गरेर प्रदेश सरकारले विकल्पमा प्रयोग गर्ने योजना बनाउने छ । संघीय सरकारले सहमति दिएमा सबै जीर्ण भवनहरूलाई मर्मत तथा व्यवस्थित गरेर प्रयोगमा ल्याउँछौँ ।’

प्रदेश सरकारले अनुगमन गरेको नकटाझिज सरकारको स्वामित्वमा २८ बिघा जग्गा रहेको छ । त्यहाँ अहिले कृषि बिरुवा, धान, गहुँ उत्पादनको कार्य भइरहेको अनुगमनमा पाइएको प्रदेश सरकारको टोलीले जानकारी दिएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री सुनिल कुमार यादव,कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी शर्मालगायतको सबै मन्त्रीहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]