११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

पर्सामा ६ सय नेताकार्यकर्ता जनमत प्रवेश

मुख्यमन्त्री सिंहले गरे स्वागत
Logo
न्यूज मधेश प्रकाशित आइतबार, कार्तिक १०, २०८१

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको उनले बताए ।मुख्यमन्त्री सिंहले भने,‘संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् । अबको ६ महिनाभित्रमा मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूती गराउँछ ।’

विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने उनले बताए । उनले भने,‘ कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन । हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ।’

मुख्यमन्त्री सिंहले संघ सरकार र उसका मातहतका कर्मचारी संयन्त्रको असहयोगका बाबजुदपनि प्रदेश सरकारले ती चुनौतीलाई चिर्दै मधेसको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिरपनि गरे ।युवाको विदेश पलायन रोक्न प्रदेश सरकारले मधेसमै रोजगारी र अवसरको सृजना गर्न कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए ।

मधेस सरकारले वीरगन्जमा आइटी पार्क , माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै उनले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।

कार्यक्रममा विभिन्न दलका गरि ६ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको र उनिहरुलाई मुख्यमन्त्री सिंहले टीका लगाएर पार्टीमा स्वागत गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु हरिहर साह कानु,सिमा गुप्ता र श्याम गुप्ता, जिल्ला अध्यक्ष सर्राफ, नेतृ रम्भा मिश्रा,नेता सुनिल मुखिया लगायतलेपनि सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]