जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत लाई अनारी खेलाडी भनेर रोस्ट्रममै भाषण गरेका थिए। त्यही बिषयलाई लिएर आज सांसद साहले जवाफ फर्काएको छ।
उनले यो सरकार गठबन्धनको सरकार हो र यो सरकारले संचालन गर्ने हरेक कामको क्रेडिट गठबन्धनमा आवद्ध सम्पुर्ण दललाई जाने भन्दै काममा बाधा नपुर्याउन र काम अगाडि बढाउन आग्रह गरे। मुख्यमन्त्री लाई काङ्ग्रेसका नेताहरुले गरेको प्रश्न तथा आरोप प्रत्यारोपको सम्बन्धमा उनी मुख्यमन्त्री एकलैले सबै थोक गर्ने हो भने आफ्ना दलबाट रहेको मन्त्री फिर्ता गर्न समेत सुझाए। नभए त्यही प्रश्न आफ्ना पार्टी बाट मन्त्री रहेका माननीय लाई गर्न समेत भने।
यो त जनमत नेतृत्वको सरकार हो । यसलाई फेल गर्नुपर्छ भने भाव त्यागेर काम गर्न सल्लाह दिए। काङ्ग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बन्न हतार नगर्न पनि अनुरोध गरे।