१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

औरही घटना:आवासको ग्यारेन्टी सहित दीपक मरिकको घर पुगे प्रदेश सांसदद्वय संजय यादव र जिवछी यादव

Logo
न्युज मधेश प्रकाशित बिहिबार, चैत्र १२, २०८१

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको संरचना का लागि आफूहरू पहल गर्ने र उक्त कार्यको लागि जग्गाको व्यवस्थापन तथा अन्य कार्यमा स्थानीय सरकारको सहयोगका लागि आग्रह समेत गरेका छन्।

आज बेलुका पीडित भनिएका मालिकको घर पुगेर स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, जनसमुदाय लगायतको बीचमा छलफल समेत भएको थियो। छलफलको क्रममा दीपक मल्लिकले बारम्बार आफ्ना घर भत्काउनु परेको र सार्नुपरेको वेदनापोखले अब यस्ता घटना नदोहोर्याउन नपरोस् भनेर दुखेसो पोखे। साथै त्यसका लागि आफूलाई स्थाइ रुपमा जग्गाको बन्दोबस्त गरिदिन आग्रह समेत गरे।

माननीय सांसद संजयकुमार यादव सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित प्रदेश सांसद हुन्।

उहाँले राख्नुभएको विषयमा आफूहरू चिन्तित रहेको र आगामी दिनमा यस्ता घटना नहोस् भन्नका लागि प्राविधिक रुपमा अनुगमन गर्ने र सुरक्षित आवासको लागि आवश्यक कदम चाल्ने सहभागीहरूले प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

यस घटनामा पीडितको किटानी जाहेरीका आधारमा औराही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप कुमारी यादव अनुसन्धानका लागि हिरासतमा छन् भने महायज्ञका पुजारी बजरंगी बाबा भन्ने फरार छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]