०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाजवादी पार्टीकी नेतृ साह निवासबाटै पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

राजविराज । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दा परेको भन्दै शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो ।

महानगरी प्रहरी वृत्त कमलपोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।‘साह विरुद्ध महानगरीय प्रहरी वृत्तमा अभद्र व्यवहारको मुद्दा परेको छ’ उहाँले भन्नुभयो–‘आवश्यक अनुसन्धानकालागि साहलाई नियन्त्रणमा लिइ काठमाडाैं पठाउने तयारी भइरहेको छ ।’

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने भन्दै नेतृ साहलाई नियन्त्रणमा लिइएकाे हुन सक्ने आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]