०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कर्जन्हा सिरहामा दुर्घटना हुँदा साईकल यात्री गम्भीर घाइते, विराटनगर रिफर गर्यो

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान भएको दुर्घटनामा साईकल यात्री गम्भीर घाइते भएको छ । घटना स्थल ट्राप्र पोष्ट मिर्चैयाबाट अन्दाजी ४/५ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको सिरहा कर्जन्हा नगरपालिका १० प्रयागपुर स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो जिपले बाटो क्रस गर्दै गरेको साईकल यात्रिलाई ठक्कर दिंदा भएको सवारी दुर्घटनामा साईकल यात्री गम्भीर घाइते भएको हो ।

गम्भीर घाइते हुनेमा कर्जन्हा नगरपालिका १० बस्ने वर्ष ५५ को घुरन साह रहेको मिर्चैया प्रहरीले जनाएको छ । टाउको र ढाडमा चोट लागी गम्भिर घाईते हुंदा तत्काल स्थानिय अस्पताल शान्ति हेल्थ केयर मिर्चैया सिरहामा उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको सिरहा प्रहरीले जनाएको छ ।

पश्चिम बाट पुर्व तर्फ जादै गरेको मे१ज २५५५ नं.को बोलेरो जिपले बाटो क्रस गर्दै गरेको साईकल यात्रिलाई ठक्कर दिएको थियो ।

यसैगरी जिप र जिप चालक झापाको बिर्तामोड नगरपालिका ३ बस्ने बर्ष ३० को बेनु बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रण लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]