०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

रौतहटमा एक युवक माथी गोलि प्रहार गरि हत्या

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

न्यूजमधेश समाचारदाता, गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ६ स्थित एक युवक माथि गोलि प्रहार भएको छ ।

इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार गरि हत्या भएको हो ।

अज्ञात समूहले नाम नखुलेको अन्दाजी २६बर्ष को पुरुषलाई आईतवार बेलुका ४ बजेको समयमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

यसैबीच अज्ञात समूह फरार रहेकोले प्रहरी द्वारा अनुसंधान तथा ब्यापक खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]