०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीको विभिन्न स्थानमा दुर्घटना हुँदा एकको मृत्यु,दुई गम्भीर

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

राजबिराज । सप्तरीको रुपनी गाउँपालिका र कनचनरुप नगरपालिका १२ स्थित दुर्घटना हुदा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएको छ ।

पुर्व पश्चिम राजमार्गअन्तर्गत कंचनरुप नगरपालिका १२ मा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ । भ्यानको ठक्करबाट बा १४ प ५०२९ नम्बरको मोटरसाइकल चालक महदेवा गाउँपालिका २ बस्ने ४५ वर्षीय चन्द्र देव खंग गम्भीर घाइते भएको छ । उनकि श्रीमती पनि घाइते भएका छन् । उनहरुको उपचार स्थानीय र बिराटनगर स्थित अस्पतालमा भईरहेको छ ।

यसैगरी ना ५ ख ६९६ नम्बरको बसले ठक्कर दिदाँ दलित अधिकारकर्मी तथा अभियन्ता अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ निवासी घुरन विश्वकर्माको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका स्थित दुर्घटनामा गम्भिर घाइते पश्चात् उपचारको लागि लगिदै गर्दा बाटमै मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]