०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रविराजलाई छालाको आधारमा विभेद गरेको : मन्त्री यादव

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

जनकपुरधाम । नेपाल लेक स्टार कार्यक्रममा प्रदेश नं. २ बाट भाग लिएका रविराज साहलाई छालाको आधारमा गरेको विभेदपूर्ण तरिकाले विजेता नबनाएको आरोप लगाइएको छ ।

मधेश ग्रामिण विकास परियोजनाद्वारा सोमवार आयोजित ‘रविराज सम्मान’ कार्यक्रममा सहभागी वक्ताहरुले मधेशी जनताप्रति केही पहाडे शासकहरुले गर्दै आएको विभेद यस पटक मधेशका प्रतिभावान गायक रविराज साहसँग पनि विभेदपूर्ण तरिकाले विजेता घोषणा नगरेको कुरा दोहोर्याएका छन् ।

परियोजनाका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि आर्थिक मामिला तथा विकास मन्त्री विजय कुमार यादवले मधेशी जनताप्रति विभेद आज मात्र भएको होइन, पूर्वकालदेखि नै हुँदै आएको छ । तर अब त्यो विभेदकारीलाई चिरेर मधेशी प्रतिभावानहरु अगाडि बढ्ने बताएका छन् ।

मन्त्री यादवले विभिन्न विद्यामा दक्षहरुका लागि प्रदेश सरकारले आफै रंगशाला, संगीत महाविद्यालय लगायतको स्थापना गर्न लक्ष्य लिएको बताएका छन् । उनले भने, ‘सुनलाई जति तताउँछ त्यतिकै चम्किन्छ । मधेशी प्रतिभावनप्रति जति विभेद गर्छन त्यतिकै निखार भएर देखाउनेछ ।’

सम्मान कार्यक्रममा गायक रविराज साहले आफ्नो गायनबाट उपस्थित दर्शकहरुलाई मनमुग्ध पारेका थिए । कार्यक्रममा प्रदेश साँसद रामअशिष यादव, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठ, पूर्व अध्यक्ष ई. प्रकाशचन्द्र साह, संघीय समाजवादी पार्टीका नेता विष्णुदेव साह, पत्रकार पुरान साह लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन पत्रकार ओम प्रसाद नेपालीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]