०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सांसद साह पक्राउको विरोधमा बुद्ध एयरको कार्यलयमा तालाबन्दी,पत्रकार माथी दुर्ववहार

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश समचारदाता,जनकपुरधाम । सांसद प्रमोद साह पक्राउ परेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको कार्यलयमा तालाबन्दी गरेको छ।

फोटो: सिबेन्द्र रोहिता

यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले आज बिहान १० बजे जनकपुरको कदम चौक स्थित रहेको बुद्ध एयरको कार्यलयमा राजपा नेपाल प्रदेश २ का प्रमुख सचेतक एवम् प्रदेश सांसद प्रमेश्वर साहको नेतृत्वमा ताल्चा लगाएको छ।उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झाको उपस्थिति समेत रहेका थियो।

यसैबीच समाचार संकलन गर्न पुगेका अप्पन टिभी पत्रकार संजय साह र टिभी टुडेका पत्रकार कुलदिप दास प्रेमीलाई प्रहरीले दुर्ववहार गरेको छ।

उनीहरुले बुद्ध एयर र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]