०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सांसद साहको रिहाई माग गर्दै, गृहमन्त्री थापा र नागरिक उड्डयनमन्त्री भट्टराईको पुतला दहन

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा र संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला दहन गरेको छ।

यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बिहीबार जनकपुरमा मन्त्रीहरुको पुतला जलाएको छ।

उनीहरुले बुद्ध एयर र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपाका सांसद साहको पक्राउको विरोधमा राजपा नेपालको आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि शुक्रबार विरोध जुलुस प्रदर्शन गरने छ भने शनिबार कार्तिक २ गते धनुषा जिल्ला बन्दको गर्ने घोषण गरेको पार्टीका केन्द्रीय सदस्य संजय चौधरीले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]