
मनोज बनैता, लाहान। यामाहाको भिक्ट्री योजना अन्तर्गत विजेतालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
पुरस्कार प्राप्त गर्ने ग्राहक सप्तरी कडरबोना निवासी जहिरा खातुन हुन । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानमा विजया दशमीको शुभ अवसर पारेर यामाहा भिक्ट्री योजना अन्तर्गत सप्तरी कडरबोना निवासी मोहम्मद जाविद राइनले आफ्नो पत्नी जहिरा खातुनको नाममा यामाहा एस जेड आर मोटरसाइकल खरिद गरेका थिए ।
यामाहा भिक्ट्री योजनाको पहिलो लक्की ड्र अन्तर्गत उनी प्रदेश २ को पहिलो विजेता भएकी छिन । उनलाई एक कार्यक्रमका बीच एस एस अटो सेन्टर लहानका संचालक संजिव साहको उपस्तिथिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट एक लाखको चेक हस्तान्तरण गरिएको छ।
यामाहा स्कुट र मोटरसाइकल खरीद गर्ने लाई हरेक दिन गरिने लक्की ड्रबाट एक लाख नगद जित्ने मौका रहेको एस एस अटो सेन्टर लहानका संचालक संजिव साहले जानकारी दिए । साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ।
यामाहाको शोरुममा बाइकको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई विजेता बन्न दिनहु सयौंको संख्यामा ग्राहक भ्रमण गरिरहेको सन्चालक साहले बताँउछन ।