०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेश आन्दोलनका सहिद परिवार र घाइतेहरुलाई मुख्यमन्त्री राउतले गरे अपमान

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवराहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि अहिले मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेटन समय दिएर भेटन नदिइ अपमान गरेका हुन् ।

मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका घाइते तथा सहिद परिवारहरु पूर्व सूचना दिएर बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर आएका थिए । तर उनीहरुलाई मुख्यमन्त्रीले समय दिएनन् ।
ज्ञापन पत्र बुझाउन आउन लागेको थाहा हुँदाहुँदै पनि मुख्यमन्त्री राउत भने सिरहा जिल्लाको एक कार्यक्रममा सहभागि हुन गएर आफुहरुलाई नभेटी अपमान गरेको घाइते तथा सहिद परिवारहरुले गुनासो गरेका छन् ।

‘मुख्यमन्त्रीले हामी घाइते र सहिदपरिवारहरुको फोन उठाउन छोड्नु भएको छ । त्यहि भएर यो कुरा उहाँको पीए दीपक यादवलाई पटक पटक फोन गरेर हाम्री ज्ञापन पत्र बुझाउन आउँदैछौं भनेर जानकारी गराएँ । सयम दिनु भएको थियो ।’ मधेश आन्दोलनका घाइते पर्साका विजय यादव निराश हुँदै भने ‘ हामी यहाँ आइपुग्दा मुख्यमन्त्रीको अतोपतो छैन, उहाँको पीए दीपक यादवलाई फोन गर्दा समय छैन, अर्कै कार्यक्रममा हुनुहुन्छ । मुख्यमन्त्रीले फोन उठाइरहनु भएको छैन । मुख्यमन्त्रीले हामीलाई वेवास्ता र अपमान गर्नुभएको छ ।’

अर्का घाइते बारा कलैयाका मधेश आन्दोलन २०६३ का घाइते जितेन्द्र प्रसाद यादवले सहिद र घाइतेहरुके बलबुतामा सत्तामा पुगेपछि उनीहरुको रहनसहन, बोलीवचन सबै फेरिएको र अहिले उनीहरु सहिद परिवार र घाइतेहरुको मुख समेत हेर्न नचाहेको गुनासो गरे ।

त्यस्तै अर्का घाइते लालबाबु राउत कुर्मीले मधेश आन्दोलनमा सहादत भए सहिद परिवारलाई ५० लाख रुपैयाँ र घाइतेलाई उपचार तथा परिवारको व्यवस्थापनको घोषणा गर्नेहरु अहिले सत्तामा आएर सबै विर्सिएको दुखेसो पोखे । अहिले जागिरको नाममा प्रदेश सरकारले सहिद परिवारलाई पिउन, चपरासीको जागिर दिएर अपमान गरिरहेको र घाइतेहरुलाई उचित उपचार खर्च एवं व्यवस्थापन नगर्दा पीडामा बाँचिरहेको उनको गुनासो छ । मुख्यमन्त्रीलाई कुनै पनि सहिद परिवार तथा घाइतेले फोन गर्दा फोन समेत नउठाएको घाइते कुर्मीले अक्रोस पोखे ।

मुख्यमन्त्रीले समय दिएर ज्ञापन नबुझी बाहिर गएपछि घाइते तथा सहिद परिवारहरु निराश भएर घर फर्किएका छन् । उनीहरुले चाँडै आफुहरुको माग स््म्बोधन नभए मुख्यमन्त्री कार्यालयमै आएर अनशन बस्ने चेतावनी दिएका छन् ।

घाइते तथा सहिद परिवारहरुको ६ सुत्रिय माग

घाइते तथा सहिद परिवारहरुले आन्दोलनमा गरेको ५० लाख रुपैयाँ मागसहितको ६ सुत्रिय माग गरेको छ । सहिद परिवार र घाइतेहरुलाई जिल्लाको सदमुकाममा स्वीकृत बस्ती निर्माण गरी आवासको सेवा सुविधा प्रदान, छोराछोरीलाई उच्च शिक्षासम्मको लागि अनुदानको व्यवस्था, पिउच चपरासीको रोजगार दिएर अपमाति नगरी आजिवन पेन्सनको व्यवस्था, सहिदहरुको सडकमा शालिक निर्माण लगायतको ६ सुत्रिय माग गरेको हो ।साभार: टुडेपाटि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]