०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

भत्ताको रकम विपन्न समुदायमा बाँडने वडा अध्यक्ष चौधरी माथि झुठो मुद्दा दायर

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

मनोज बनैता, लाहान, २ कार्तिक ।  लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई जिल्ला अदालत सिरहाले पक्राउ पत्र आएको सूचना प्राप्त भएको छ । अदालत बाट आएको पत्र  ईलाका प्रहरी कार्यालय लहान ले बुझेको खुलासा भएको छ ।

वडाध्यक्ष चौधरी माथि  लहान २० स्थित रहेको हनुमान मन्दिर तोडफोड र मन्दिरका दलित पुजारी श्रीप्रसाद महाराजलाई जातीय भेदभाव गरेको आरोप छ ।  ०७५ कात्तिक ११ गते उक्त मन्दिर तोडफोड गरिएको थियो । वडाध्यक्ष चौधरीमाथी धर्म सम्बन्धि कसुर र जातीय भेदभाव गरेको कसुरमा मुद्दा दर्ता भएको जानकारीमा आएको छ ।
वडाध्यक्ष चौधरीको अनुसार  ‘सरकारी  वकिलमा मुद्दा गइसकेको छ । यो प्रहरीको नभई अदालतको सरोकारको विषय हो । उनले स्पष्ट रुपमा भने कि ‘देशको न्यायीक ब्यवस्थालाई म सम्मान गर्छु तसर्थ अदालतले जे निर्णय गर्छ, त्यो शिरोधार्य हुनेछ । ‘
अध्यक्ष चौधरीको अनुसार मन्दिर भत्काउन मेयरकै निर्देशन र लहान नपाको नगरप्रहरी प्रमुख शम्भु बस्नेतको नेतृत्वमा जेसिबी लगाई मन्दिर भत्काईएको हो ।  मुद्दा व्यक्तिगत रिसिबिका कारण वडाध्यक्ष जस्तो सम्मानित ब्याक्तित्वको राजनैतिक छवि धमिल्याउन लगाइएको हो ।

वडा २० का स्थानीयका अनुसार अध्यक्ष चौधरी एक क्षमतावान विकासप्रेमि नेता हुन जसले भत्ता को रकम समेत विपन्न दलित समुदायको बच्चाहरुको पढाईलेखाईमा तथा टियुसन कक्षा चलाउनमा खर्च गर्ने गरेको छ । उनीहरुको दावी छ कि भावी लहान नगरका मेयरका दावेदार २० का वडाध्यक्षलाई राजनीति छवि गिराउनलाई यस्तो गतिविधि गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]