०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रौनियार युवा मञ्चको नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

गत असोज २५ गते सर्वसम्मत निर्वतमान महासचिव शुनिल कुमार साहको अध्यक्षतामा १५ सदस्सीय पाँचौ नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा विनय प्रसाद साह, महासचिवमा रितेश कुमार गुप्ता, सचिवमा पंकज कुमार आजाद र कोषाध्यक्षमा संजय कुमार गुप्ता चयन भएका छन् । साथै ७ सदस्सीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
सल्लाहकारमा संतोष कुमार गुप्ता, विजय कुमार गुप्ता, शशि कुमार गुप्ता, जय प्रकाश गुप्ता, डा.राहुल गुप्ता, राकेश कुमार गुप्ता र रंजित कुमार गुप्ता चयन भएका थिए । नव निर्वाचित कार्यसमिति र सल्लाहकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । मञ्चको माओ संस्था रौनियार सेवा समिति जनकपुरधामका कार्यसमितिका अग्रज पदाधिकारीहरुले गरेको निर्णयमा युवाहरुले समर्थन जनाएका थिए ।

समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह, युवा कमिटिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]