०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कमला नगरपालिकामा समाजवादी पार्टीका चियापान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम भएका हुन । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले यहाँ सिँचाइको अभाव रहेकाले यस वर्ष सिँचाइमा जोड दिने बताए ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई आउदो दिपावली ,छ्ठपर्व र कार्तिक पुर्णिामाको शुभकामदा दिँदै उनले भने, ‘सिँचाइ अभावले सबभन्दा बढी समस्या किसान झेलिरहेका छन् । त्यसैले अब सिंचाइमा विशेष वजेट खर्चिन आवश्यक छ ।’ उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसतर्फ पनि ध्यानाकर्षण भएको बताएका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य अरुण सिंह थिए । जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, जिल्ला सदस्य रामेश्वर यादव, लाल बहादुर यादव, युवा नेता विनोद रोहिता, ओम प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो ।

साथै वडा अध्यक्ष राजकुमार यादव, बिशेश्वर यादव, राजेश्वर मरिक, कमला नगरका नेता दानी मण्डल, छठु मण्डल, लक्षमेशवर यादव, महिला नगर अध्यक्ष सुनिता साह, नगर युवा अध्यक्ष रामकुमार साह र कार्यक्रम संचालक त्रिलोक महतोले पनि कार्यक्रममा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]