०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

गोदाममा प्रहरीको छापा, लाखौंको अवैध समान बरामद

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

मनोज बनैता, लहान,  ३ कार्तिक । सिरहा भगवानपुर गाउँपालिका -४ स्थित दुई गोदाममा सिरहा प्रहरीले छापामारी गरी लाखौं मुल्य पर्ने अवैध समान बरामद गरेका छन ।

भारत बाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदाम बाट करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान प्रहरी ले बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापामारी गर्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको लता कपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले जनाएका छन । बरामद गरिएको माल सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले बताएका छन।

तस्करले अबैध रूपमा राजस्व छली भारतबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि भन्सार छली नेपाली बजारमा पुर्‍याउने गरेको बताइन्छ। सीमा क्षेत्रमा पुगेर प्रहरीले तस्करको गोदाममा छापामारी गरेको यो पहिलो घटना हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]