०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सिरहा प्रहरी द्वारा अवैध गाजा फडानी

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

मनोज बनैता, सिरहा । गत हप्ता देखि लागू औषध कारोबारलाई लगाम लगाउने सिलसिलामा सिरहा गोलबजारका प्रहरीले गोलबजार न.पा १० मा करीब ८ हजार ५ सय अवैध गाँजाको बिरुवा फडानि गरेका छन ।

गोप्य सुचना पाए लगतै हरकतमा आएका ईलाका प्रहरी कार्यालय गोलबजारका टोलि ले न.पा १० मा अवैध रुपमा उब्जाएको करीब ८ हजार ५ सय गाँजा उखेलेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाका एसपी उमा चतुर्वेदीका अनुसार गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने छ ।

नेपालमा उब्जाएको गाजा भारतिय बजारमा महगो मुल्यमा बेच्ने गरिन्छ । श्रोत ले दावी गरे अनुसार भारतीय बजारमा प्रति किलो गाजाको मूल्य २० देखि २५ हजार पर्ने गर्छ । नेपाली बजार भन्दा भारतीय बजारमा लगभग दोब्बर मूल्य पाउने हुदा यहाँ गाजा ब्यवसायहरु वारि उब्जाएर पारी बेच्ने गर्छन ।

नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा रोप्न रकम दिने गरेको बताइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]