०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु ,एक जना घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

राजेन्द्र महतो,लहान।पुर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका वडा नं.४ मैना बती पुल नजिकै ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको प्रदेश -२-०२-००१ त ०४४६को १ क २४१७ नम्बरको ट्रयाकटरले बिपरित दिशाबाट जादै गरेको स ११ प ४६३७नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक गोलबजार नगरपालिका -१२ का १८ वर्षिय दुर्गेश मुखिया को मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मुखिया गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि गोलबजार को एक अस्पताल मा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटो मा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले बताएका छ्न।

सोही दुर्घटना मा मोटर साइकल पछाडि सबार गोलबजार नगरपालिका – १२ कै कृष्ण मुखिया गम्भीर घाइते भएका छ्न।उनको बिराटनगर स्थित बिराट नर्सिङ होस्पितलमा उपचार भइरहेको छ।ठक्कर दिने ट्रयाकटर र चालक प्रहरी को नियन्त्रण मा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]