०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

प्रदेश २ का राजधानी जनकपुरमा २५ औं राष्ट्रिय कण्डम दिवस

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

न्यूजमधेश,जनकपुरधाम।प्रदेश २ को राजधानी जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय कण्डम दिवस मनाएको छ।

२५ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा शनिबार जनकपुरधामस्थित रंगभूमी मैदानबाट मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो । रंगभूमी मैदानबाट सुरु भएको र्याली जानकी मन्दिर,जनक चोक,शिवचोक,कदम चोक,मुरली चोक हुँदै जटही नाकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

फोटो: कपिल ठाकुर

कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको थियो । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएका छन् ।

कार्यक्रममा धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

रेडक्रस सोसाइटी धनुषाका सभापती नरेश प्रसाद सिंहको सभापतित्वमा आयोजित कार्यक्रमको संयोजन जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा,रेडक्रस सोसाइटी धनुषा,जानकी आँखा अस्पताल जनकपुरधाम,जनकपुरधाम उपमहानगरपालिका लगायतले गरेका थिए भने जटही नाका आयोजित कार्यक्रमको समन्वय नगराइन नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष देवलाल यादवले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]