०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

आलमको त्रासमा पीडित परिवार, दोषी उम्किए हामी बाँच्न पाउँदैनौं

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

रौतहट।विगत १२ वर्षअिघको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूहरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन्।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएको समाचार कान्तिपुर दैनिकमा छ।

रौतहट राजपुर फरहदवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं। अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं।’

श्रीनारायणको सरुअठस्थित घरमा शुक्रबार र शनिबार सादा पोसाकमा प्रहरी परिचालन भएको देखिएको थियो। पिन्टुसँगै मारिएका ओसी अख्तरको परिवारलाई पनि सुरक्षा दिन जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]